देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय वाणिज्य बैंकको सीइओमा खनाल नियुक्त

0

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंककै डिपुटी सिइओ देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

सञ्चालक समितिको आज बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निणर्य गरेको छ । नव नियुक्त सीईओ खनाल गोरखा जिल्ला निवासी हुन् ।

दुई दशकभन्दा लामो बैंकिङ क्षेत्रमा आवद्ध रहेका उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । बैंकको सीईओ पदका ‘सर्ट लिस्ट’ परेका पाँच जनामध्ये उनले बाजी मारेका हुन् ।

सर्टलिस्टमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । तत्कालीन सीईओ किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल पूरा भएपछि सीईओ पद रिक्त भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार