देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

0

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि लागुहुने मौन अवधि लागू भएको जनाएको हो ।

मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने’ भनेको छ ।

सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिताविपरीत हुने उल्लेख छ । आयोगले ‘एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने’ जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार