देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच चुनावी एकता

0

जनकपुरधाम – आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी एकता भएको छ ।

१२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि दुवै पार्टीले गठबन्धन घोषणा गर्दै आ-आफ्ना उम्मेदवारलाई साझा उम्मेदवारको रुपा प्रस्तुतसमेत गरेका छन् । बिहीबार जनकपुरधाममा दुवै पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरे गठबन्धनको घोषणा गरेको हो ।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठले राष्ट्रिय सभाको निर्वाचनको लागि भएको गठबन्धन अन्य निर्वाचनमा पनि जान सक्ने बताए ।

कार्यक्रममा लोसाका प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेको जितेन्द्र सोनलले मधेसको विषयमा अन्य राष्ट्रिय पार्टीभन्दा नेकपा एमाले राम्रो रहेको बताए ।

गठबन्धन घोषणा कार्यक्रममा एमाले नेता लीलानाथ श्रेष्ठ, जुली महतो, लोसमा सांसद परमेशर साह, जयनुल राइन, रानी शर्मा तिवारीलगायतको सहभागिता रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार