देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय

0

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।

माघ १२ गते राष्ट्रिय सभाको १९ जना सदस्यको लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा एमालेले एक सिट मात्रै जितेको थियो ।

बुधवार भक्तपुरमा बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ। त्यस्तै प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको उनले बताए।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको उनले बताए।

एमालेको सचिवालय बैठकले प्रत्येक सदस्यले तिर्ने शुल्कमध्ये केन्द्रमा ४० प्रतिशत, प्रदेश र जिल्लामा २५/२५ प्रदेश र जिल्ला कमिटीमा १० प्रतिशत रहने गरी एमालेले नियमावली तयार गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार