देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रिता थापामगर निर्विरोध

0

काठमाडौं – नेपालको लोकदोहोरी गायन क्षेत्रमा क्रियाशील कलाकारहरूको २३ वर्ष लामो इतिहास बोकेको ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा लोकदोहोरी गायिका रिता थापामगर निर्विरोध चयन भएकी छन् ।

शुक्रबारबाट धादिङको धादिङबेंसीमा जारी महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार रामजी खाँडले शनिबार प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस अघिकी वरिष्ठ उपाध्यक्ष रिता थापामगर प्रतिष्ठानको अध्यक्षमा निर्विरोध चयन भएकी हुन् । प्रतिष्ठानमा देशभरका २६ हजारभन्दा बढी लोकदोहोरी कलाकारहरू सदस्य रहेका छन् ।

प्रतिष्ठानको ७५ जना केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्ष रिता थापा मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार साँझ सम्पन्न निर्वाचनबाट प्रतिष्ठानमा निर्विरोध भएकाहरूमा अध्यक्ष थाप मगरसहित वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरूमा सुवास केसी, दीपक खड्का, राधिका हमाल रहेका छन् । यस्तै, महासचिवमा शिव हमाल, उमहासचिवमा हरि डाँगी र शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी प्रदेश सचिवमा दीपक गरौजा मगर, सुदूरपश्चिम प्रदेश सचिवमा नविनसिंह धामी, काठमाडौं उपत्यका सचिवमा प्रकाश सपुत रहेका छन् ।

यस्तै, प्रतिष्ठानमा निर्विरोध चयन भएकाहरूमै कर्णाली प्रदेश सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पीएन सापकोटा रहेका छन् ।

यस्तै, प्रतिष्ठानको सांगठनिक सहसचिवमा तारानाथ आचार्य, प्रशासनिक सहसचिवमा राजकुमार रायमाझी, विदेश सहसचिवमा दुर्गा पंगेनी, महिला सहसचिवमा सीता राना निर्विरोध चयन भएका छन् ।

प्रतिष्ठानको महिला सहकोषाध्यक्षमा जुना श्रीष जैकली, मधेस प्रदेश केन्द्रीय सदस्यमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा पदमबहादुर धामी, काठमाडौं उपत्यका समन्वय केन्द्रीय सदस्यमा तिलक परियार, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा राजकुमार खत्री, बाग्मती प्रदेश केन्द्रीय सदस्यमा भरत बाराकोटी पनि निर्विरोध चयन भएका छन् ।

यी बाहेक बाँकी पदमा शनिबार अपराह्न निर्वाचन भएको थियो जसको परिणाम आउनेक्रम जारी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार