देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रासायनिक मल ल्याउन भारतसँग जी-टू-जी सम्झौता

0

काठमाडौं – भारतले सरकार-सरकार (जी-टू-जी) सम्झौतामार्फत आगामी पाँच वर्षसम्म नेपाललाई निश्चित परिमाणमा रासायनिक मल उपलब्ध गराउने भएको छ।

भारतले नेपाललाई वार्षिक कम्तीमा १ लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो।

नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चर्तुवेदीले भर्चुअल विधिबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार, यो वर्ष भारतले १ लाख टन युरिया र ५० हजार टन डीएपी मल उपलब्ध गराउनेछ। भारतले आगामी आर्थिक वर्षमा कुल १ लाख ७० हजार टन, तेस्रो वर्षमा १ लाख ९५ हजार टन, चौथो तथा पाचौं वर्षमा २ लाख १० हजार टन रसायनिक मल उपलब्ध गराउनेछ। यसको मूल्य तथा अरू शर्तका विषयमा थप सम्झौता हुनेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार