देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रास्वपाको प्रभाव बजारमा सीमित देखियो – शिशिर खनाल

0

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाको प्रभाव बजारमा सीमित रहेको देखिएको बताएका छन् ।

हालै सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टीले अघिल्लो चुनावको भन्दा चार गुणा मत बढाए पनि ग्रामीण भूभागभन्दा बजारमा सापेक्षिक राम्रो मत आउनुले रास्वपाको अपिल बजारमा सीमित रहेको देखिएको उनले विश्लेषण गरेका हुन् ।

थपिएको नयाँ २ हजार मतदाताले स्थापित पुराना दललाई नपत्याएको पूर्वमन्त्रीसमेत रहेका खनालको बुझाई छ । यसले आगामी दिनमा वैकल्पिक र नयाँ दललाई फाइदा पुग्ने उनले बताए । ‘स्थापित दलका पुराना पात्रभन्दा नयाँ पात्रले नै चुनाव जित्नुले नेपाली मतदाताले नयाँ पुस्तालाई खोजेको देखिन्छ,’ उनले सामाजिक सञ्जालमा आफ्नो प्रारम्भिक धारणा व्यक्त गरेका छन् ।

यता पूर्वी पहाडमा पहिचानवादी धारको जबरजस्त उपस्थिति छ भन्ने कुरा पनि यो उपनिर्वाचनले स्थापित गरेको उनले बताएका छन् । इलाम–२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत ल्याउन सफल भएका छन् । ‘अझै त्यसले पूर्ण जनअनुमोदन हुन नसके पनि भविष्यमा हुने प्रादेशिक चुनावमार्फत प्रदेशको सरकारमा उसको प्रभाव बढ्न सक्छ,’ खनालको विश्लेषण छ ।

इलाम–२ मा मंगलबार सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बु भने ५ हजार ५० मतमा सीमित बन्दै जमानत समेत जोगाउन सकेनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार