देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, यस्तो बन्यो सचिवालय

0

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी सचिवालय गठन गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको छ ।

सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमकाअनुसार पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए । जसलाई संयुक्त बैठकले पारित गरेको हो । त्यस्तै, रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छन् ।

रास्वपा सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनयन गरिएको छ । सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ ।

रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय लिएको गौतमले जानकारी दिइन् । सचिवालयमा तत्कालका लागि पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई थपिएको छ । सचिवालयका बाँकी सदस्य पछि थप गर्ने रास्वपाले जनाएको छ ।

यस्तो बन्यो रास्वपाको पार्टी सचिवालय
१. सभापति – रवि लामिछाने
२. उपसभापति – डिपि अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराज भक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दिपक बोहोरा

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार