देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राहदानी विभागको अवरुद्ध सेवा सुचारु

0

काठमाडौं – राहदानी विभागको विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएको छ । पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या सँगै सेवा सुचारु भएको छ ।

विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।

विभागले आफ्नो मोबाइलमा एसएमएस आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि विभागमा लिन आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागमा सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समाधानका लागि निर्देशन पनि दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार