देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रिलायन्समा कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

0

काठमाडौं – रिलायन्स इन्टरनेशनल एकेडेमी तथा रिलायन्स साहित्य समाजले कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको बुढानिलकण्ठस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

वरिष्ठ साहित्यकार वेदमणि घिमिरेको प्रमुख आतिथ्यता र रिलायन्सका संचालक अध्यक्ष रविन्द्रजङ्ग थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मित्रलाल पङ्गेनी र कवि बलराम दाहाललाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रिलायन्स एकेडेमी नेपाली विभागका विभागिय प्रमुख श्रीधर प्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार शिक्षासेवी रविन्द्रजंग थापाकाे नेतृत्वमा संचालन भैरहेकाे रिलायन्स एकेडेमीले रिलायन्स साहित्य समाजका तर्फबाट हरेक वर्ष साहित्यकाे एक भव्य कार्यक्रम गर्दै आइरहेकाे छ ।

साहित्यकारलाइ सम्मानका साथमा हरेकवर्षजस्तै यस वर्ष पनि रिलायन्सले उपत्यकाव्यापी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । देवकाेटाकाे यात्री कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा विषय प्रतियाेगितामा उपत्यकाका २१ विद्यालय सहभागि भएका थिए ।

प्रतिष्पर्धामा  टाईम लाईन स्कुलकी छात्रा प्रसन्ना पुडासैनी प्रथम, घटराज मेमोरियल स्कुलकी छात्रा कृति पोखरेल द्वितीय र गोकर्णेश्वर लाईट एकेडेमीकि छात्रा सुजाता चालिसे तृतीय पुरस्कार जित्न सफल भएका थिए। साईपल एकेडेमीकी छात्रा विश्वकला नेपाल र दीक्षालय नेपालकी छात्रा कृष्मा भारतीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार