देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुखमा भोट हाल्न गगन र विश्वप्रकाशको संयुक्त अपील

0

काठमाडौं – नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपील गरेका छन‍् ।

उनीहरुले मंगलबार संयुक्त भिडियो अपील जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने र रुखमा मतदान गरे भनेर पश्चात्ताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

महामन्त्री थापाले लाखौँ मतदाताले पहिलो पटक मतदान गर्न लागेको अवस्थामा त्यो मतदान गर्ने अधिकार त्यतिकै नआएको र त्यो अधिकारका लागि कुनै बेला थुप्रै तन्नेरीले चार तारे झण्डा बोकेर लडेको बारेमा सोच्न आग्रह गरेका छन् ।

अर्का महामन्त्री शर्माले आफूहरुको संविधानलाई बलियो बनाउने र समाजलाई बदल्ने महान यात्रामा सबैलाई स्वागत गर्दै समुन्नतीका लागि सँगसँगै अघि बढ्नका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार