देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुपन्देहीमा शुक्रबार तीन जना कोरोना संक्रमितको मृत्यु

0

बुटवल – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा शुक्रबार बिहान मात्रै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका हुन् ।

तीमध्ये दुई जनाको बुटवलमा उपचारको क्रममा र एक जनाको भैरहवास्थित होम आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलाईसिस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए ।

बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ४ गते अस्पताल भर्ना भएका ७८ वर्षीय संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए ।

स्वास्थ्य समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकी सिद्धार्थनगर नगरपालिका-७ की महिलाको पनि कोरोना संक्रमणबाट बिहान साढे आठ बजे मृत्यु भएको छ । उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ पोजेटिभ देखिएको थियो । योसँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार