देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुसमा नयाँ प्रधानमन्त्री नियुक्त

0

रासस – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि प्रधानमन्त्री पदमा पुटिनले नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् ।
संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिन नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएका रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ । “भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि मेदभेदेवले बुधबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए ।

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार