देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुसी प्रधानमन्त्री मेदभेदेवले दिए राजीनामा

0

(काठमाडौं) – रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेव सहित मन्त्रीमण्डलका सबै सदस्यले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमीर पुटीनले संविधानमा केही परिवर्तन गर्ने प्रस्ताव गरेलगत्तै मन्त्रीमण्डलका सबै सदस्यले राजीनामा दिएका हुन् ।

राष्ट्रपति पुटीनको प्रस्तावले सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुने बताइएको छ । चौंथो कार्यकाल सकिन ४ वर्ष बाँकी रहँदै राष्ट्रपति पुटीनले आफ्नो कार्यकाल लम्ब्याउन संवैधानिक परिवर्तन गर्न चाहेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति पुटीनले मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुखका लागि प्रस्ताव गरेका छन् ।

मेदभेदेवले लामो समयसम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए । पुटीनको लगातार २ वर्षे राष्ट्रपतिको कार्यकाल सकिएपछि सन् २००८ देखि २०१२ सम्म मेदभेदेवले राष्ट्रपतिको पद समेत सम्हालेका थिए । रुसमा लगातार २ कार्यकालसम्म मात्रै राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्था छ ।

राजीनामा दिएका मेदभेदेवले भनेका छन्, ‘प्रस्तावित परिवर्तन लागु भएमा संविधानका सबै धारा फेरिने छन् तर सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने छ । कार्यकारी शक्ति, संसदीय शक्ति, न्यायपालिकाको शक्ति सबैमा परिवर्तन हुनेछ । यहि कारण हालको सरकारले राजीनामा दिएको हो ।’

राष्ट्रपति पुटिनको प्रस्तावमाथि सर्वासाधारणले आफ्नो मत दिने छन् । सर्वसाधारणले प्रस्ताव पारित गरेमा सत्ताको शक्ति राष्ट्रपतिबाट संसदमा जाने छ । पुटिनले प्रधानमन्त्रीबाट राजीनामा दिएका मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषदको उपाध्यक्ष बनाउने बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार