देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुसी विद्रोही नेताको समर्थकको विरोध प्रदर्शन, थुप्रै पक्राउ

0

काठमाडौं – रुसका विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरू पक्राउ परेका छन् ।

राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन प्रहरीले निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शन अगाडि नै पक्राउ गरिएको छ ।

गत आइतबार जर्मनीबाट देश फर्केका उनलाई विमानस्थलमा पक्राउ गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जाल मार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा हुने अपेक्षा गरेका छन् ।

महिनौँपछि जर्मनीबाट मस्को फर्किएका नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । यसअघि आइतवार उनको विमान अवतरण गर्ने भनिएको नुकोभो विमानस्थलमा थप दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा व्यवस्था मिलाईएको थियो ।

नभाल्नीका प्रवक्ता किरा यार्मास र उनका एक वकिल ल्युबोभ सोबोललाई पक्राउ गरिएको छ । उनीहरूलाई जरिवाना वा छोटो जेल सजाय हुनसक्ने बताइएको थियो ।

सोबोललाई रिहा गरिएपनि यार्मासलाई नौ दिन जेलमा राखिने भएको छ । अन्य सहरमा पनि नभाल्नीका चर्चित समर्थकहरूलाई गिरफ्तार गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार