देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुसी सेनामा कार्यरत अर्का नेपालीको मृत्यु, एक दर्जन नेपालीले गुमाए ज्यान

0

काठमाडौं – रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ । लमजुङका वाईसीएल नेता साजन गुरुङको केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गएको हो ।

लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए ।

‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु भएको रहेछ, यस्तो खबर सुन्नु पर्‍यो ।’

साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध थिए । श्रीमानका अनुसार, युक्रेनको आक्रमणका परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले दिएका थिए ।

साजन समेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार