देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

0

काठमाडौं – काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । रेल विभागले अन्तर्गतको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जनाएको हो ।

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको जानकारी दिएको हो ।

विभागले जग्गा अधिग्रहण र मुआब्जा प्रक्रियाको तयारी समेत नगरी हतार हतार पूर्व-पश्चिम रेलमार्ग ट्रयाक बेडका लागि बोलपत्र आह्वान गरेको थियो ।

यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो ।

जग्गा अधिग्रहण पनि नगरी हतार-हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । तर, विवादका बाबजुत पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।

गत असार १४ र १७ गते आह्वान गरिएको ठेक्कामा रेल मार्गको काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार