देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रेशम चौधरीलगायतलाई रिहाइ गर्न अध्यादेश ल्याइएको हो – सञ्चारमन्त्री कार्की

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्न अध्यादेश ल्याउन लागिएको बताएका छन् ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले भने ‘‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश सम्माननीय राष्ट्रपतिमा सिफारिस गरेका छौँ ।’’

मन्त्री कार्कीले मुलुकलाई अहिले शान्ति चाहिएकाले सबैको सहयोग र योगदान रहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको जानकारी दिए ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार