देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रेशम चौधरी २०९४ साल सम्म जेलमा बस्नुपर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सर्वोच्च अदालतले रेशमलाल चौधरीलगायतलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसला मंगलबार सदर गरेको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टीकापुर घटनामा तल्लो अदालतका फैसलामा केही उल्टी गर्दै रेशमलगायतलाई जन्मकैद हुने ठहर गरेको हो।

सर्वोच्चले घटनामा संलग्न भनिएका दुईजनालाई सफाइ दिएको छ। त्यस्तै एकजनाको दुई वर्ष जेल सजाय घटाएको सर्वोच्च अदालतले अन्य प्रतिवादीका हकमा जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेको छ।

रेशम २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थित सदर जेलमा छन्। जिल्ला र उच्च अदालतको फैसलाअनुसार उनी २०९४ साल फागुन १३ गतेसम्म थुनामा बस्नुपर्नेछ। यो फैसलालाई सर्वोच्चले पनि सदर गरेको छ। सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेसँगै रेशमलाई छुटाउन भइरहेका प्रयास असफल भएको छ।

सरकार गठनका क्रममा चौधरी सम्बद्ध दल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। उनी रेशमकी पत्नी हुन्। उनी रेशमको मुद्दा फिर्ता हुनपर्ने सर्तमा सरकारमा गएकी हुन्।

सर्वोच्चको यो फैसलासँगै रेशमको मुद्दा फिर्ता लिने ‘बार्गेनिङ’ मा पूर्णविराम लागेको छ। अब यो पार्टीले सरकारका बारेमा गर्ने निर्णयबारे राजनिति वृत्तमा तरङ्ग पैदा गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार