देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रोजगारीको ग्यारेन्टीका साथ सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्रीको निर्देशन

0

मध्यबिन्दु/काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)लाई निर्देशन दिएका छन् । सिटिइभिटीको ३२औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेस आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् ।

सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको भन्दै उनले सिटिइभिटीको गति बदल्न आवश्यक रहेको औंल्याए । सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षणलगायतमा नयाँ ढंगले सोच्न निर्देशन समेत दिए ।

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै उनले रैथाने सीप र आधुनिक सीपलाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता आंैल्याए । यसका लागि आफूले सबै खाले सहयोग गर्ने मन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार