देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित दुईको मृत्य

0

रोल्पा, रासस  – रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस सोमबार दुर्घटना भएको हो ।

सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए ।

दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर घर्ती मगर र वडा नं २ सिर्पका सूर्यलाल घर्तीकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार