देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रोशी गाउँपालिका वडा नं १०द्वारा कृषि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

काभ्रे – रोशी गाउँपालिका वडा अध्यक्ष दुधराज तामाङ को अध्यक्षता मा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र क्षेत्रका नायक यवम महालक्ष्मी लाइफ इन्स्योरेन्स सिनियर म्यानेजर दानराज चौलागाई,विशेष अतिथिमा कृषि विभाग विभागीय संयोजक पत्रकार पृथ्वी भुजेल र अथिती सेवक नेपालका सक्रिय अभियान्ता नवराज फुयाँल लगायत एक सय भन्दा धेरै किसानहरूले कार्यक्रमा सहभागी जनाएका थिए।

कार्यक्रमा किसानहरूले वडा ले आफूले उत्पादन गरेका तरकारी,फलफूलको उचित मूल्य तोकी किसानको खेतबारीमा उत्पादन भयका उत्पादित वस्तुलाई बिचौलिया लाई नदिई सिधै बजारमा लानु पर्ने माग राखेका थिए ।

किसानको माग बारेमा वडा प्रमुख ले अहिले सम्म सडक देखि भौतिक विकास केन्द्रित भयको र अब कृषि क्षेत्रको विषयलाई पनि जोड दिने गरी वडा ले कार्यक्रम ल्याउने बताए।

उक्त कार्यक्रममा किसानको माग र किसानले लगाउनु भएको फलफूल तरकारी मा देखिएका समस्याहरुलाई प्राविधिक सहयोग र सल्लाह सुझाव सँग सगै २० वटा कृषक समूहलाई नै तालिम प्राप्त कृषि लाई आधुनिकिरण गरी यक गाउँ यक उत्पादन गर्नु पर्छ बताए।

दानराज चौलागाईले कृषि स्वस्थ्य सँग सगै जीवन बीमालाई मध्यनजर गर्दै यो कुराहरु हाम्रो जीवनमा अपरिहार्य नै छ भने विषयमा बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार