देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रौतहटमा आगामी शनिबारबाट निषेधाज्ञा

0

रौतहट – कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले आगामी शनिबारबाट रौतहटमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रण उन्मुख रहेको रौतहटमा पछिल्लो समय समुदायस्तरमा संक्रमण देखिएपछि प्रशासनले आगामी शनिबारबाट साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएपछि यसको नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार