देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रौतहटमा एक गाँजा तस्कर पक्राउ

0

रौतहट – रौतहटमा एक गाँजा तस्कर पक्राउ परेका छन् । रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको जयनगर दिपही सडक खण्डबाट ४ किलोग्राम गाँजा सहित एक जना व्यक्तिलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

माधवनारायण नगरपालिकाको दिपही बस्ने बर्ष ५० का जोखु राय यादव साइकलमा सवार भई जयनगरबाट दिपही तर्फ जाँदै गरको अवस्थामा आज प्रहरीले चेकजाँच गर्दा उनले राखेको झोलामा प्रतिबन्धित लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।

बरामद गरिएको गाँजाको तौल ४ किलो रहेको तथा निज यादवलाई प्रहरी हिरासतमा राखेर लागु औषध ओसारपसार ऐन अन्तर्गत कारवाही गरिने तयारी भईरहेको डिएसपी रबी रावलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार