देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनको मौका छोपी शिक्षकद्धारा १५ बर्षीया बालिकामाथि करणी !

0

(काठमाडौं) – कोरोना भाइरसका कारण जारी लकडाउनको बेला कपिलवस्तुमा शिक्षकबाटै महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय औराहाका शिक्षक २८ बर्षीय गोरखनाथ लोहारले बालिकालाई बलात्कार गरी फरार भएका छन् । लोहारले मंगलवार राति बालिकालाई घरबाट तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन् ।

घर पछाडि अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो । सो लगत्तै पीडित बालिकाका परिवारले प्रहरीलाई त्यसबारे जानकारी गराएको थियो । पीडक लोहारलाई समात्न खोज्दा गाउँका केहीले उनलाई भगाएको पीडीत बालिकाको परिवारले गुनासो गरे ।

बालिकाको बहादुरगंज अस्पतालमा स्वास्थ्य जाँचसमेत गरिएको छ । पीडित बालिकाका परिवारले लोहार विरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिने बताएको छ ।

बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पिडक लोहारको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार