देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनको समयावधि १२ दिन थप्ने सरकारको निर्णय

0

(काठमाडौं) – सरकारले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही बैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन यसअघि सरकारले गत चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै बैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । आजै छिमेकी मुलुक भारतले लकडाउनको अवधि १९ दिन बढाउने घोषणा गरेको छ ।

भोलि अर्थात बैशाख ३ गते सरकारले यसअघि घोषणा गरेको लकडाउन समय सकिंदै थियो । पछिल्लो समय देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । बैठकले बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय पनि गरेको छ ।

नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबार मात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )