देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनमा अत्यावश्यक आवतजावतका लागि ई-पासको ब्यबस्था

0
<p>Passengers heading for their hometowns for Dashain at Old Bus Park, Kathmandu on Thursday, October 15, 2015. Photo: THT</p>

Passengers heading for their hometowns for Dashain at Old Bus Park, Kathmandu on Thursday, October 15, 2015. Photo: THT

(काठमाडौं) , सरकारले लकडाउन को अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौं मार्फत अब अनलाइनबाटै अनुमति (ई-पास) प्रदान गर्ने भएको छ ।

आज भन्दा पहिले लकडाउन आह्वान गरेलगत्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अतिआवस्यक आवतजावतका लागि कार्यालयमै उपस्थित भएर सवारी पास लिने ब्यबस्था मिलाएको थियो । यसरी पास वितरण गर्दा चाप र जोखिम दुवै बढ्ने हुँदा कार्यालयले अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।

यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । कार्यालयले जनाए अनुसार, एसएमएस गर्दा आवेदकले जुनसुकै कोड राख्न सक्नेछन् ।

एसएमएसपछि https://epass.moha.gov.np लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।

पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्ने सहायक प्रजिअ तुलसिराम पौडेलले जानकारी दिए । प्रशासनले उपयुक्त ठानेको खण्डमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ ।

त्यसैगरी , यसअघि पहेँलो रंगको पास लिएकाले अहिलेको इ- पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । यसअघि सातदिने म्याद राखेर वितरण गरिएको पासको म्याद गुज्रिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो व्यवस्था गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार