देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनमा थप कडाई गर्ने सरकारको निर्णय

0

(काठमाडौं) – सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउनलाई थप कडाइ गर्ने भएको छ । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सरकारले लकडाउनमा भइरहेको हिंडडुल र आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने निर्णय गरेको हो । यसअघि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्मका लागि गरेको एकसाता लामो लकडाउनको समयावधि पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि पुऱ्याएको छ ।

मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाउने निर्णय गरेको हो । लकडाउनको समय थप गर्ने नगर्ने निर्णय भने पछि मात्र तय हुने अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा संक्रमित देखिएकाले ती जिल्लामा धेरै व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको मन्त्री युवराज खतिवडाले बताए ।

भारत तथा तेस्रो देशबाट नेपाल भिेत्रिएका र तीनको सम्पर्कमा आएकाहरुको खोजी गरी क्वारेन्टाइनमा राख्न कन्ट्याक्ट ट्रेसिङ गरी र्यापिड टेष्ट गर्ने निर्णय पनि सरकारले गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार