देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनमा थप कडाई गर्न गृह मन्त्रालयकाे निर्देशन

0

(काठमाडौं) – लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिंदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सोमबार मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी पास बिनाका सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन आएको र सोही अनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको स्रोतले जनायो ।

गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिक रूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो । तर, सवारी पासको दुरुपयोग बढेपछि फेरि सोमबारदेखि सवारी साधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार