देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउन उल्लंघन गर्ने एक हजार बढी नियन्त्रणमा

0

(काठमाडाैं) – कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै सरकारले घोषणा गरेको लकडाउनको आज १४ औं दिन हो । तर, काठमाडौं उपत्यकामा भने सरकारी निर्णयलाई चुनौती दिंदै सडकमा निस्कनेको कमी छैन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँड्डुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ ।

उपत्यकाबाट प्रहरी सोमबार बिहान मात्रै लकडाउन उल्लंघन गर्ने १ हजार ५२० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका मध्ये १ हजार १६९ पुरुष र ३५१ जना महिला रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी विश्वराज पोखरेलका अनुसार ललितपुर, भक्तपुरबाट नियन्त्रणमा लिईएको हो । उनीहरुलाई प्रहरीले केही घण्टा सडकमै होल्ड गरेर राख्ने छ र पछि छोड्ने छ ।

यस्तै, लकडाउन उल्लघंन गरी चलाईएका १ सय ३३ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाबाट ३ वटा चार पाङ्ग्रे र १ सय ३० वटा दुई पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार