देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन सरकारलाई सिफारिस

0

(काठमाडौं) – कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन थप १५ दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।

देशका विभिन्न स्थानमा कोरोना स‌ंक्रमण देखिइरहेको र संक्रमितको मृत्यु समेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्ष समिति छ । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ ।

सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । गत चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार