देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लगातारको वर्षाका कारण हुम्लाका झण्डै तीन सय परिवार विस्थापित

0

हुम्ला – लगातारको वर्षाका कारण हुम्लाको जिल्लाको ताजाँकोट गाउँपालिकामा बाढीले झण्डै तीन सय परिवार विस्थापित भएका छन् । केही दिनदेखिको अविरल वर्षाले ताजाँकोट गाउँपालिका—२, ३ र ४ नम्बर वडाका सयौँ घर भत्किनुका साथै तीन सय घर विस्थापित भएका हुन् । 

ताजाँकोट गाउँपालिकाको छप्रेला बजारको घर, होटेल पसल गरी १८ परिवार र ताजाँकोट गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको  ताजाँकोट गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।

ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल, उपाध्यक्ष मञ्जु बुढा र प्राविधिकको कार्यकक्ष समेत बाढीले भत्काइदिएको छ । गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको बताइएको छ । छप्रेला बजारका होटेल पसल र घरहरु भत्किएपछि त्यहाँका बासिन्दा समेत विस्थापित भएका छन् ।

बाढीले उतिसेनी, छप्रेला, बजार भदालदिपु, गल्लावाडा, खर्रा, देउलागैरा, चौतारीवाडा, भियालवाडा काउलामगडा लगायत घरहरु भत्किएको उपाध्यक्ष बुढाले बताइन् ।बाढीबाट विस्थातिप भएपछि उतिसेनी, खर्रो, देउला गैरामा रहेका कम्तिमा २२ दलित परिवार गाउँपालिकाले उपलब्ध गराएको त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबै भन्दा बढी पहिरोले ताजाँकोट गाउँपालिकामा क्षति पुर्याएको छ । 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार