देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लगातार तेस्रो दिनपनि घट्यो नेप्से

0

काठमाडौं – धितोपत्र बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ । बजार परिसूचक नेप्से बुधबार ३ दशमलव १९ अंकले घटेर एक हजार ५ सय ५० दशमलव ४३ बिन्दुमा पुगेको छ ।

नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो ७ अंकले घटेको नेप्सेमा एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका विकास बैंक, जलविद्युत, वित्त र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ५१ दशमलव ५५ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ९० कम्पनीका ३६ हजार २ सय ८२ कारोबारबाट ८० लाख १९ हजार ६ सय ६१ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ९५ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार