देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

0

काठमाडौं – सेयर कारोबार हुने साताको चौंथो दिन बुधबार पनि लघुवित्त कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण कायमै रहेको छ । बुधबार कारोबारमा आएका अधिकांश लघुवित्तको शेयर मूल्य बढ्दा उक्त उपसमूहको सूचक झण्डै साढे २ प्रतिशतले बढेको छ ।

यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव २० अंकले घटेर २ हजार ५५ दशमलव २२ बिन्दुमा झरेको हो । नेप्सेमा बुधबार कुल १ सय ९९ वटा कम्पनीका ४९ हजार १ सय ५९ कारोबारबाट १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर किनबेच भए । जसअन्तर्गत, ५ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम पनि सामान्य घटेको छ । बुधबार कारोबारमा आएका १२ वटा उपसमूह मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

यस दिन लघुवित्त समूहको उपसमूह सबैभन्दा धेरै २ दशमलव ३४ प्रतिशतले बढेको छ भने व्यापार समूहको उपसूचक १ दशमलव १८ प्रतिशतले बढेको छ । बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये सातवटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।

यसदिन एनसीसी बैंकको सबैभन्दा धेरै ३९ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ९१ लाख, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख र नविल बैंकको १९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार