देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लमजुङमा खाजा घरमा छिर्यो बोलेरो, तीन जना घाइते

0

काठमाडौं – लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलरबार दिउँसो सदरमुकाम बेशीसहर नगरपालिका–७ स्थित तमु सङ्ग्रहालयको ओरालोबाट ब्रेक फेल भएको ग ३ च ५०७१ नम्बरको जिप क्याम्पस रोडमा रहेको एक घरभित्र पस्न पुगेको थियो।

लमजुङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार सृजना श्रेष्ठको घरमा सञ्चालित आस्मी खाजा घरको सटरबाट जिप घरभित्र छिरेपछी सोही खाजा घरमा बसिरहेका तीन जना घाइते भएका हुन्।

जिप दुर्घटनामा परी बेसीशहर नगरपालिका-९ पाखाथोक बस्ने ८० वर्षीय रत्न कुमारी राउत, क्याम्पस रोड बस्ने ६३ वर्षीय डम्बर कुमारी रोका मगर र ३८ वर्षीय सिर्जना श्रेष्ठ घाइते भएका छन्।

दुर्घटनाबाट खाजा पसलको सटर र पसल भित्र रहेका अन्य सामानहरूमा ६ लाख बराबरको क्षति पुगेको प्रहरी निरीक्षक चपाईले जानकारी दिए।

जिप चालक दूध पोखरी गाउँपालिका–४ नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार