देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुरको जिसस प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध निर्वाचित

0

काठमाडौं – ललितपुरमा जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको छ ।

तालमेल पश्चात प्रमुखमा नेपाली काँग्रेसका ऋषिदेव फुयाँल प्रमुमा निर्विरोध निर्वाचित भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा काँग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन् ।

अल्पसंख्यकमा काँग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, काँग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको काँग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई बिहीबार जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र शपथ ग्रहण गराउने भएको छ ।

३० वैशाखमा भएको निर्वाचनबाट चार वटा पालिकामा प्रमुख, तीन वटा पालिकामा उपप्रमुख र ७१ वडामध्ये ३८ वटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार