देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुरको महालक्ष्मीमा खन्याइ सकिएको मतपत्र फेरि सिलबन्दी

0

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को मतगणना स्थगित गरिएको छ । ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको मतगणना स्थगित गरिएको हो ।

आइतबार प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो वडाको मतगणना  स्थगित गरिएको हो ।

गणनाका लागि खनाइएको मतपत्रलाई पुनः मतपेटिकामा हालेर सिलबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका नेपाली कांग्रेस नेता सुदर्शन घिमिरेले जानकारी दिए ।

सो नगरपालिकामा अहिले वडा नम्बर–९ को गणना सुरु गरिएको छ भने १ नम्बर वडाको गणना पनि जारी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार