देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुरमा आज स्थानीय बिदा

0

काठमाडौं – ललितपुर महानगरपालिकाले बुधबार (आज) स्थानीय बिदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति हुने तथा परम्परादेखिको धार्मिक महत्त्वको दिन भएको भन्दै महानगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकले महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन् । 

l
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार