देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुरमा एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु

0

काठमाडौं – ललितपुरमा एकै परिवारका चार जना मृत भेटिएका छन्। कोन्ज्योसोम गाउँपालिका-४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ रहेका छन्। उनका छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु बेहोस् अवस्थामा फेला परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।

बुहारी सुष्मा सुत्केरी भएका कारण कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएको पोखरेलले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार