देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुर कांग्रेसमा जितेन्द्र श्रेष्ठ विजयी

0

काठमाडौं – नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन् ।आइतबार भएको दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई पराजित गर्दै जितेन्द्र सभापतिमा निर्वाचित भएका हुन् ।

विजयी श्रेष्ठले ६६५ मत प्राप्त गरेका थिए भने पराजित चित्रकारले ६५३ मत ल्याएका थिए । सभापतिका लागि अघिल्लो दिन रामकृष्ण चित्रकारले ५०४, जितेन्द्र श्रेष्ठले ४८२ र मीनकृष्ण महर्जनले ३३६ मत ल्याएका थिए ।

सबैभन्दा बढी मत ल्याउने चित्रकार र श्रेष्ठबीच आइतबार पुनः प्रतिस्पर्धा हुँदा श्रेष्ठले साँघुरो जित निकालेका हुन् । अघिल्लो दिन सबैभन्दा बढी भोट ल्याएका चित्रकारले १४९ मत बढाए । तर, विजयी १८३ मत बढाएर जित सुनिश्चित गरेका हुन् ।

पहिलो चरणमा ललितपुरमा श्रेष्ठ र महर्जन एउटै टिमबाट सभापतिको उम्मेदवार बनेका थिए । उनीहरू दुवैले एउटै मञ्चबाट सभापतिमा उम्मेदवारी घोषणा गरेर नयाँ अभ्यास गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार