देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

0

(काठमाडौं) – ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोक बिदा दिएको हो । ८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो ।

महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ । २०४७ सालको राजनीतिक परिवर्तनपछि शाक्य २०४९ सालमा तत्कालीन ललितपुर उपमहानगरपालिकाको ‘पहिलो नगरप्रमुख’ बनेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार