देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

0

काठमाडौं – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ ।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

अर्यालका अनुसार धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले सोमबारदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको हो ।

उनकाअनुसार महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ  र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार