देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपको उपाधि एपीएफलाई

0

काठमाडौं – विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले पहिलो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटको उपाधि जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।

फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले उपाधिसँगै ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्य एपीएफले १६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन् । कप्तान सीता राना मगरले २९ रन जोडिन् । यस्तै, इन्दु बर्माले अविजित १९ र ममता चौधरीले १५ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

फाइनलमा डली भट्टले रेवतीसँग ओपनिङ गरेकी थिइन् तर पहिलो विकेटका लागि यी दुईबीच १४ रनको मात्र साझेदारी बन्यो । सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित रहँदै सर्वाधिक ४४ रन बनाइन् । ५४ बल खेलेकी उनले ४ चौका प्रहार गरिन् ।

यस्तै डली भट्टले १३, कविता कुावरले १३ र रेवती धामीले १० रन जोडिन् । एपीएफका लागि बलिङमा रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले १–१ विकेट लिईन् । नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार