देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललिता निवास जग्गा हडप्न संगठित किर्ते गरेको अभियोग लागेका २८६ जना [नामसहित]

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा २८६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा बनाउन संगठित रुपमै कीर्ते गरेको आरोपमा २८६ जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ।

सीआईबीले प्रारम्भिक अनुसन्धानपछि पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालगायत २८६ जनालाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरेको हो।

सीआईबीले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलगायतलाई प्रतिवादी बनाएको छ। सीआईबीले यी सबैलाई फरार सूचीमा पनि राखेको छ। तर, जोशी र गच्छदारले सीआईबीमै पुगेर बयानसमेत दिइसकेका छन्।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णय हुँदा प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहेका माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई पनि यसको प्रतिवादी बनाइएको छैन। उनीहरूलाई साक्षीको रुपमा सीआईबीले घरमै पुगेर बयान लिएको छ।

मुद्दाकालागी सिफारिस भएका २८६ जनाको नामावली –

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/08/Lalitaniwas.pdf”]

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार