देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने दुई पक्राउ

0

लहान – सिरहाको लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने घटनाका दुई जना मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसार उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गिरी विगत ५ वर्षदेखि जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) मा संलग्न रहेको खुलेको छ ।

उनी बलपूर्वक चन्दा असूलीमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरुले घटना गराएको स्वीकार गरेका छन् । उक्त विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाका (गोइत समूह) का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा भएको सिंहले बताए ।

विस्फोटमा आठ जना घाइते भएका थिए । घटना गराउनुको उद्देश्यबारे पनि आरोपीले केही खुलाएका छन् । चैत १ गते मालपोत कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप भएका बखत प्रेसर कुकर बम विस्फोट हुँदा आठ जना घाइते भएका थिए ।

यादव भने विकास ज्वेलर्स लहानमा २०७४ साल चैत ९ गते भएको बम विस्फोट मुद्दामा जिल्ला अदालतबाट एक लाख धरौटीमा रिहा भएका व्यक्ति हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार