देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लाइसेन्सको अनलाइन आवेदन मंगलबारदेखि खुल्ने

0

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको हो ।

गएकाे चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार