देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लाक्पा लामाले कमल थापालाई पार्टी बेचे – अध्यक्ष राणा

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरूले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई बेचेको आरोप लगाए।

‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ। निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्‍यो? यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ। न्यायालयले पनि हामीलाई न्याय दिनुपर्छ,’ उनले भने।

‘कहिले म गणतन्त्रवादी भइसकें भन्ने, कहिले राजालाई मान्दिनँ भन्ने,  अनि अहिले अर्काको घरलाई मेरो घर भन्ने?, उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ।’ उनको भनाइ थियो ।

उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरूको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे। साथै, उनले लाक्पा तामाङको कदम आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिए।

अर्का उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरूले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाइएको भन्दै आफूहरू कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सति जान नसक्ने बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार