देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागुऔषधसहित पेस्तोल र गोली बरामद

0

सप्तरी – सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डि.सि. १०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो । गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागु औषध, पेस्तोल र गोली फेला पारेको बुढाथोकीले बताए ।
रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार