देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध ब्राउन सुगर सहित २ पक्राउ

0

(मोरङ) – लागूऔषध ब्राउन सुगर सहित मोरङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगर करीब १५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनकुटा छथर जोरपाटी गाउापालिका–३ बस्ने २३ वर्षीय मोहन खड्का र तेह्रथुम घर भएका ५६ वर्षीय रमेश कार्की रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को २४ प ३२८७ नम्बरको मोटरसाइकल जााच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार