देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध मुद्दाका फरार प्रतिवादी हेटौंडाबाट पक्राउ

0

(मकवानपुर) – लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई काँकडभिट्टा बजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेची नगरपालिका–७ बस्ने ३८ वर्षीय दिपक ढुङ्गेल रहेका छन् ।

लागूऔषध ओसार पसारमा संलग्न रहेका फरार प्रतिवादी ढुङ्गेललाई सोही नगरपालिका–६ काँकडभिट्टा बजारबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०७६ माघ ११ गते राति मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.७ ख ६९० नम्बरको बस जाँच गर्दा अवैध लागूऔषध गाँजा १० किलो ५ सय ६० ग्राम फेला पारेको घटनामा ढुङ्गेल संलग्न रही फरार रहेका थिए ।

पक्राउ परेका ढुङ्गेललाई आवश्यक कारवाहीको लागि मकवानपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार